बुटवल-नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपि ओली अव पनि सत्तामा रहीरहे देश ठुलो दुर्घटनामा पर्ने बताउनु भएको छ । पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ सोमबार बुटवलमा सम्मान गर्दै नेता खाँणले ओलीलाइ लामो समय सत्तामा रहिरहे देशको भविश्य बर्बाद हुने बताउनु भएको हो ।
पूर्व रक्षामन्त्री समेत रहनु भएका नेता खाँणले प्रम ओलीले देश र संविधानलाइ अत्यन्तै जोखीमपूर्ण अवस्थामा पुरयाएको बताउनु भयो । ओलीलाइ बस चलाउने ढंगै नभएका सबैभन्दा मुर्ख ड्राइभर भएको भन्दै उहाँले भन्नुभयो ‘जसले ब्रेक थिच्ने बेला एक्सीलेट थिच्छन, एक्सिलेटर बटार्ने बेला क्लज दबाउँछन । भित्र र छतमा टन्नै यात्रुले भरीएको बस ओलीले कतिबेला खोल्सामा लगेर फल्ने हुन भन्ने त्रास झन झन बढेको छ’ ।
संविधान र लोकतान्त्रिक मुल्य,मान्यताको रक्षाकालागि नेपाली काँग्रेसले सुझ बुझका साथ उचित समयमा उचित कदम चाल्ने पनि नेता खाँणले बताउनु भयो । कोरोनाको महामारी फेरी बढ्ने क्रममा रहेको भन्दै नेता खाँणले परिक्षणको दायरा बढाउन, संक्रमितको उपचारको भरपर्दो व्यवस्था गर्न र सीमानाका हुँदै आएकालाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न पनि माग गर्नु भयो ।
पूर्वमन्त्री खाँणले बिजयी पत्रकारहरुको जीतले लोकतन्त्रको रक्षा हुने बताउनुभयो । अग्रगामी शक्ति पक्षधर पत्रकारहरुको गठबन्धनले बिजय हासिल गरेको भन्दै नेता खाँणले यो बिजयले लोकतन्त्रको बचाउमा मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य वर्षमान पुन अनन्तले प्रम ओली निरङकुसता र सर्बसत्ताबादको नमुना भएको बताउनु भयो । नेता पुनले ओलीको सर्बसत्ताबाद र हिटलर प्रबृत्तिले मुलुकलाइ बर्बादी तर्फ धकेलेको बताउनु भएको हो ।
पुर्व उर्जामन्त्री समेत रहनु भएका नेता पुनले मिडियाको दवावले नै प्रतिनिधि सभा पुनःस्थापना भएको भन्दै लोकतन्त्रको रक्षामा पनि पत्रकारिता क्षेत्रले नै अगुवाई गर्नुपर्ने बताए । पत्रकारिता क्षेत्र कमजोर भए लोकतन्त्र पनि संकटमा पर्ने बताउनु भयो ।
लोकतन्त्र पक्षधरहरु सधै एकताबद्ध हुनुपर्ने बताउँदै उनले पत्रकार महासंघमा पनि प्रतिगमन बिरोधी शक्तिको जीत हुनु स्वभाविक र गौरवको बिषय भएको तर्क गर्नुभयो । नेकपा वाओवादी केन्द्रकै नेता ओनसरी घर्तीले पनि पत्रकारिता क्षेत्र बलियो भए देशमा सु शासन कायम हुने बताउनु भयो ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका संयोजक देबेन्द्र बर्माको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाइ,राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरी, प्रेस युनियनका लुम्बिनी प्रदेश सचिव हरिष ढकाल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,मानसिंङ बिक लगायतले बोल्दै महासंघको निर्वाचनमा अग्रगमनकारी शक्तिको जीत भएको बताउनु भयो । नेपाल प्रेस युनियन, नेपाल प्रेस संगठन लगायतको संयुक्त गठबन्धनका पत्रकार सम्बद्ध संघसगठनले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी पत्रकार महासंघ लुम्बिनी प्रदेश र प्रदेशका ११ जिल्ला शाखाका बिजयी पत्रकारलाई बुटवलमा बधाई तथा सम्मान कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्