JanataToday.com

Advertisment

SKIP THIS

नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा पुग्ने नेपालकाे लक्ष्य

नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा पुग्ने नेपालकाे लक्ष्य

काठमाडौं – आयोजक नेपालले त्रिदेशीय टि-२० क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्ससँग आज प्रतिस्पर्धा गर्दैछ । नेदरल्यान्तड्सलाई हराउँदै नेपालको फाइनलमा पुग्ने लक्ष्य छ ।

टियु क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल आज दिउँसो १ः१५ बजे खेल सुरु हुनेछ । यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल लगातार जितको खोजीमा हुनेछ । यसअघि सोमबार भएको आफ्नो दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले नै हराएको थियो ।

जारी सिरिजमा निकै उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली टिमका कुशल भुर्तेल र आशिफ शेखको प्रदर्शनले त झनै सबैलाई अचम्मै पारेको छ । नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा कुशल र आशिफले ११६ रनको साझेदारी गरेका थिए । त्यस्तै, मलेसियाविरुद्ध पनि पहिलो विकेटको लागि १०२ रनको साझेदारी गरे । एकपछि अर्को खेलमा सय रन भन्दा बढिको साझेदारीले नेपाली क्रिकेट टिमले राम्रो ओपनिङ जोडी समेत पाएको छ ।

नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपालले १५ ओभरको समाप्तिमा नै एक विकेट गुमाएर १३७ रनको लक्ष्य भेटाएको थियो । कुशलले ६२ रन बनाउँदा आशिफ ५४ रनमा अविजित रहेका थिए । नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा पनि यी दुई खेलाडीको प्रदर्शन कस्तो होला ? भन्नेमै सबैको ध्यान गएको छ ।

दुई खेलबाट शतप्रतिशत जित निकाल्दै चार अंक बनाएको नेपाल फाइनल नजिक छ । आजको खेलमा नेदरल्यान्ड्सलाई नेपालले हराए फाइनलमा स्थान बनाउने छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij