एमालेले सोध्यो नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण (पत्रसहित)

एमालेले सोध्यो नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण (पत्रसहित)

काठमाडौं – सत्तारुढ नेकपा एमालेले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको छ ।

पार्टीको हितविपरीत काम गरेको भन्दै उनिहरुलाई स्पष्टिकरण सोध्न लागेको हो । गएराति नै स्पष्टिकरण सोध्ने सांसदको सूची तयार पारेको एमालेले स्पष्टिकरण चित्त बुझ्दो नभए थप कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

स्पष्टिकरण सोधिएकाले चित्त बुझ्दो जवाफ नदिए आगामी १० गते बोलाइएको केन्द्रीय कमिटी बैठकबाट थप कारबाही प्रक्रिया अघि बढाइने एमाले स्रोतले जनाएको छ ।

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको समय राखेर स्पष्टिकरण सोध्न लागेको एक नेताले बताए ।

त्यस्तै पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पूष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई स्पष्टिकरण सोधिने छ ।

त्यस्तै, कर्णाली प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गर्ने पाँच जना सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्बरबहादुर थापा र देवी ओलीलाई स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij