काठमाडौं -काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको हो ।
यो नेपालले ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बनाएको अहिलेसम्मकै दोश्रो धेरै रन हो । यसअघि सन् २०१९ को डिसेम्बरमा भुटानसँग नेपालले २ सय ३६ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल मल्लले ६२, दिपेन्द्रसिंह ऐरीले ६०, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ रन बनाए । सोमपाल कामी २१ रनमा तथा बिनोद भण्डारी ७ रनमा नटआउट रहे । ओपनर आसिफ शेख शून्यमै आउट भए । करण केशीले १ रन बनाए ।
कुशल भुर्तेलले डेब्युपछिका लगातार तीन खेलमा अर्धशतक पूरा गरेका छन् ।
४६ बल खेलेका भुर्तेलले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै विष्फोटक ब्याटिङ्ग गरेका दिपेन्द्रले मात्र ३० बलमा ५ छक्का ३ चौका सहित ६० रन बनाए ।
नेपालले प्रतियोगितामा नेदरल्याण्ड्स र मलेशियालाई यसअघि पनि हराइसकेको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्दै प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्