काठमाडौं – नेपाली बजारमा बुधवार सुन तथा चाँदीको मूल्य बढेको छ । स्थानिय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू ३०० ले ओरालो लागेको सुनको भाउ बुधवार रू १ हजार ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू ९२ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू ९० हजार ७०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू १ हजार ३०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू ९१ हजार ५०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू ९० हजार २०० मा कारोबार भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि बढेको छ । मंगलवार प्रतितोला रू १ हजार ३०० मा कारोबार भएको चाँदी बुधवार प्रतितोला रू १ हजार ३१० मा कारोबार भइरहेको छ। मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य रू १० ले बढेको हो ।,
प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्