कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ५ मा क्रियाशिल एकता युवा क्लवद्वारा गत बैसाख ३ गते देखि जारी कञ्चन गाउपालिका वडा स्तरिय फुटवल लिग प्रतियोगिता अन्तर्गत बिहिवार लिगका सम्पुर्ण खेलहरु सकिएको छ।
कञ्चन गाउपालिका वडा नं५ र वडा नं ४ बिच आज भएको प्रतिस्पर्धामा वडा नं ४ ले वडा नं५ लाई ७रशुन्य गोल अन्तरले पराजित गरी वडा नं४ फाइनलमा प्रबेश गरेको हो । मध्यान्तर पुर्वको खेलमा वडा नं ५ का डिफेण्डरहरुबाट कमजोर डिफेडिंगको फाइदा उठाउदै मध्यान्तर पुर्व नै वडा नं ४ ले ४ गोल अन्तरले अग्रता लिएको थियो । यस्तै मध्यान्तर पछिको करिब १५ औं मिनेटमा वडा नं४ बाट ५ औं गोलको रुपमा गोल प्रहार गर्दै वडा नं४ ले आफ्नो टिमलाई फाइनलमा प्रबेश गर्नेद्वारलाई सुनिश्चित गरेको थियो ।
गोल अन्तरलाई कम गर्न र खेललाई प्रतिस्पर्धात्मक बनाउन वडा नं ५ ले मध्यान्तरपुर्व गोल किप्पर परिवर्तन गरे पनि वडा नं। ४ को निरन्तर आक्रमक प्रर्दशनले अन्तत खेललाई ७रशुन्यमा टुंग्याउन बाध्य भएपछि वडा नं४ फाइनलमा प्रबेश गर्न सफल भएको हो ।
यदि वडा नं ५ ले खेललाई बराबरी वा कम गोल अन्तरमा टुंग्याएको भएपनि वडा नं। २ फाइनलमा प्रबेश गर्ने थियो तर वडा नं ५ को कमजोर खेल प्रदर्शनका कारण वडा नं२ को फाइनलमा प्रबेश गर्ने सपना चक्नाचुर भएको एकता युवा क्लवका खेल संयोजक तेजिन्द्र पुनले दिनु भएको छ ।
गौतम बुद्ध सामुदायिक बिकास केन्द्र र जागृति सकृय युवा समूह कञ्चन ५ पिपरीचापाको सहयोग मा जारी प्रतियोगिताको फाइनल खेल बैसाख ११ गते लुम्बिनी प्रदेशका सभासद भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा वडा नं। ४ र वडा नं। ५ बिच हुने आयोजकले जनाएको छ। कञ्चन गाउपालिकाले संरक्षकत्व प्रदान गरेको प्रतियोगितामा विजेता टिमले ५० हजार ५ सय ५५ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छ भने उप विजेता टिमले ३० हजार ३ सय ३३ रुपैया सहित मेडल र कप प्राप्त गर्ने खेल संयोजक तुजिन्द्र पुनले जानकारी दिएका छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्