बुटवल – बाँकेमा थप ३ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।
२ जनाको बिहीबार राति र १ जनाको शुक्रबार बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीकाअनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड ३ सल्ल्यानका ५६ वर्षीय पुरुष, जानकी १ की ७१ वर्षीया महिला र बैजनाथ ६ का २८ वर्षीय पुरुषको कारण मृत्यु भएको हो । मृतकहरूको शव ब्यवस्थापन परिवारका सदस्यहरूको समन्वयमा नेपाली सेनाले गर्ने ओलीले बताए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्