काठमाडौं । नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोना संक्रमणबाट नै मृत्यु भएको पुष्टि भने आज भएको हो ।
आइतबार थपिएका सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ६४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ७८ जनामा परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
आइतबार ४५० जना कोरोनामुक्त भएका छन् ।
प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्