थप ४ हजार ८९७ जनामा संक्रमण, ७७३ जना निकाे भए

थप ४ हजार ८९७ जनामा संक्रमण, ७७३ जना निकाे भए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८ सय ९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट जम्मा १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७ सय ७४ र १ सय २३ जनामा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा २ हजार ३ सय ६४ र होम आइसोलेसनमा २७ हजार ८ सय ४५ जना रहेका छन् ।

आज भक्तपुरमा २ सय ३२, ललितपुरमा ३ सय ५१ र काठमाडौंमा १४ सय ६४ गरL कुल २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ५४ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८९ दशमलब ३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij