काठमाडौं – प्रतिनिधि सभाको अर्को अधिवेशन वैशाख २७ गते सोमबारबाट शुरु हुने भएको छ ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबारबाट अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको उल्लेख छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्