विश्वासको मत लिन नसके राजीनामा दिने प्रधानमन्त्रीको मनस्थिति

विश्वासको मत लिन नसके राजीनामा दिने प्रधानमन्त्रीको मनस्थिति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिनेगरी प्रतिनिधि सभाको अधिवेशन आह्वान भएकोबारे चर्चा र अनुमानहरु भइरहेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि बोलाएको प्रतिनिधि सभाको अधिवेशनबाट केपी शर्मा ओलीले विश्वासको मत पाउलान् ? पाएनन् भने के होला ? भन्ने अनुमानहरु भइरहेका बेला उनका विश्वास पात्रहरुले भने विश्वासको मत लिन नसके प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने दाबी गरेका छन् ।

एमालेका शीर्षस्थ नेता मध्येका एक र प्रधानमन्त्री ओलीका अति नै विश्वास पात्रमध्येका एक नेताले मकालु खबरलाई दिएको जानकारीअनुसार संसद्मा विश्वासको मत लिन नसके प्रधानमन्त्री ओली राजीनामा दिने तयारीमा छन् । प्रधानमन्त्री ओलीले केही दिनअगाडि बसेको एमाले स्थायी कमिटी बैठकमा पनि यसबारे जानकारी गराइसकेका छन् । ‘अब सदनबाट विश्वासको मत लिन्छु,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ती नेताले भने – ‘बहुमत आए राम्रै हो, नआए संविधानबमोजिम मार्ग प्रशस्त गर्नुपर्ला ।’

विश्वासको मत लिनेबारे प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमासमेत जानकारी गराएका थिए ।
यद्यपि एमाले प्रमुख सचेतक विशाल भट्टराई भने प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउँछन् । भन्छन्– ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत मज्जाले लिन सक्नुहुन्छ । उहाँ प्रधानमन्त्रीकै रुपमा रहिरहनुहुन्छ ।’

विपक्षी एमालेले ‘फ्लोर क्रस’बारे नगर्ने सचेतक भट्टराईको दाबी छ । ‘उहाँहरुले फ्लोर क्रस गर्न सक्नुहुन्न,’ सचेतक भट्टराईले भने–‘योबीचमा उहाँहरुसँग केही सकारात्मक छलफल भएका छन् । उहाँहरुबाट फ्लोर क्रस नहुने पक्कापक्कीजस्तै हो ।’

प्रकाशित मिति : सोमबार, बैशाख २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij