माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

माओवादीले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै

काठमाण्डौ – नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउँदै छ । हिजोको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उहाँको भनाइ छ । मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्‍याउन पत्र बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij