काठमाडौं – प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन् । बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न ओली शीतल निवास पुगेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । ‘बैठकपछि उहाँ त्यता जानुभएको छ,’ ती सदस्यले भनेका छन् ।
ती नेताकाअनुसार प्रधानमन्त्री–राष्ट्रपतिबीच २७ गतेको संसद् बैठकबारे छलफल हुन लागेको हो । ‘मलाई पनि खासै थाहा छैन,’ ती नेताले भने– ‘सायद २७ गतेबाट शुरु हुने संसद् बैठकको बारेमा छलफल होला भन्ने बुझेका छौँ ।’
आउँदो २७ गते प्रधानमन्त्री ओलीले सदनबाट विश्वासको मत लिँदैछन् । आजको स्थायी कमिटी बैठकले जसरी भएपनि विश्वासको मत प्राप्त गर्नेगरी अगाडि बढ्ने निर्णय गरेको छ । एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने– ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नेगरी अघि बढ्ने विषयमा छलफल तथा निर्णय भएको छ । यो विषयमा हामी विभिन्न दलहरुसँग पनि चरणबद्ध रुपमा छलफल गर्नेछौँ ।’
प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्