तिलोत्तमामा अक्सिजनको व्यवस्था मिलाउन समिति गठन

तिलोत्तमामा अक्सिजनको व्यवस्था मिलाउन समिति गठन

 

तिलोत्तमा- तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिण्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरिएको छ । नगरस्तरीय कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले नगर उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ—संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा मोहन चापागाईं, हरिलाल पाण्डेय, लक्ष्मण खनाल, गुणानिधी भण्डारी, बाबुलाल भुसाल, सत्यव्रत ज्ञवाली, केशव भट्टराई र माधव प्रसाद पोखरेल रहनुभएको छ । नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ—संगठनहरुलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज—भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न÷नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

नगर क्षेत्रभित्र कोरोनाको जोखिमा रहेका व्यक्तिहरुको परीक्षणलाई छिटो छरितो गराउन नगरपालिकाबाट एन्टिजेन र भिटिएस खरिद गर्ने, नगरमा निषेधाज्ञालाई थप प्रभावकारी बनाउन थप सुरक्षाकर्मी परिचालनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो । बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नको लागि प्रकोप व्यवस्थापन कोषमा स्वच्छिक रुपमा आर्थिक सहयोग गर्न संघ—संस्था, उद्योगी, व्यवसायीलगायत सबैमा अनुरोध समेत गरेको छ ।

तिलोत्तमा नगरपालिकामा शुक्रबारसम्म झण्डै १४ सय जना सक्रिय कोरोना संक्रमित रहेका छन् । शुक्रबार मात्र नयाँ कोरोना संक्रमित १५१ जना थपिएका छन् भने ११३ जनाले कोरोना जितेका छन् । नगरपालिकाले शंकरनगरमा ४० बेड क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं. ९ को केवलानीमा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउन तयारी थालेको छ । तिलोत्तमा नगर प्रमुख तथा उपप्रमुखले आफूले चढ्दै आउनु भएको गाडी कोरोना संक्रमित बिरामी बोक्ने काममा लगाउनु भएको छ । तिलोत्तमा नगरपालिका उपलब्ध सबै साधन स्रोतको अधिकतम प्रयोग गरी कोरोना संक्रमित बिरामीको उपचार र उद्धार लागेको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij