काठमाडौं – नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन लाग्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने भन्दै बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील रहने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।
‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन असफल बनाउने भनेका थियौं असफल हुनुभयो,’ उनले भने, ‘अब हामी जसपालगायत दलको सहयोगमा नयाँ सरकार बनाउन लाग्छौं ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएकोले प्रतिपक्षी दल कांग्रेसले सरकार बनाउन पहल गर्नु स्वभाविक रहेको उनले बताए।
नेकपा एमालेका केही सांसद र जसपाले पनि साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ ।
कांग्रेस पदाधिकारी बैठकअघि आज सभापति देउवाले प्रचण्ड र उपेन्द्र यादवसँग छलफल गरेका थिए।
राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन दलहरुलाई दिएको समय बिहीबारसम्म छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्