रुपन्देहीको युनिभर्सल कलेजले भन्योः अक्सिजन सकियो, आफ्नो व्यवस्था आफैं गर्नू

रुपन्देहीको युनिभर्सल कलेजले भन्योः अक्सिजन सकियो, आफ्नो व्यवस्था आफैं गर्नू

बुटवल – रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिल साइन्सेज शिक्षण अस्पतालमा अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति गर्न पहल गर्दागर्दै कुनै उपाय नलागेपछि बिरामीलाई स्वयं अक्सिजन व्यवस्थापन गर्न भन्‍दै अस्पतालले सूचना जारी गरेको छ । सूचनामा बुधबार दिउँसो ३/४ बजेसम्म मात्र अक्सिजन आपूर्ति गर्न सकिने भएकाले त्यसपश्चात अक्सिजनको आफैं व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।

‘अक्सिजन आपूर्ति गर्न १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत कठिनाइ भएको छ, यहाँका सबै उद्योगबाट मात्र नपुगी अन्य जिल्लादेखि समेत पहल गर्दा अक्सिजन पुर्‍याउन नसकेकाले यो समस्याबाट हुनसक्ने भवितव्यलाई मध्यनजरगरी स्वयं अक्सिजन व्यवस्थापन गर्न आग्रह गर्दछौं,’ सूचनामा भनिएको छ, ‘अक्सिजन आपूर्ति गर्न सम्बन्धित सरोकारवालासँग अस्पताल पुनः ध्यानाकर्षण गराउन चाहन्छ ।’

अस्पतालका प्रशासकीय अघिकृत कमल ढाकालले अक्सिजनको प्रबन्ध गर्नका लागि सबैतिर याचना गरे पनि कसैले नसुनेको बताए । उनले अब हात उठाउनु वाहेक विकल्प नभएको उनको भनाइ छ । अस्पतालमा अहिले पनि २२० जना भन्दा बढी बिरामी भर्ना भएर उपचार गरिरहेका छन् ।

 

प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij