एमालेका वरिष्ठ नेता नेपालसहित ४ नेताको कारबाही फिर्ता

एमालेका वरिष्ठ नेता नेपालसहित ४ नेताको कारबाही फिर्ता

काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका चार नेतामाथि गरेको कारबाही फिर्ता लिन तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि छलफलमा जुटेका ओली वरिष्ठ नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिन तयार भएका हुन् ।

नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा भएको छलफलमा यस्तो निर्णय भएको स्रोतले बताएको छ ।

सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय तोकेकी थिइन् ।
एमालेभित्र असन्तुष्ट नेपालसहितका २८ सांसद संसद बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij