कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक बोलाएका हुन् । बैठकमा सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुने देउवा निकट नेताहरुले बताएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समयसीमा आज बेलुका सकिँदैछ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेर छलफल गरिरहेपनि बहुमत जुटाउन सकेको छैन । खासगरी जसपाको एक पक्षले वैकल्पिक सरकार बनाउने पक्षमा नरहेको बताएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत नपुग्ने देखिएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij