लुम्बिनी प्रदेशको सांसदबाट ४ मन्त्रीको रिट सर्वोच्चमा दर्ता

लुम्बिनी प्रदेशको सांसदबाट ४ मन्त्रीको रिट सर्वोच्चमा दर्ता

बुटवल-जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त भएका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका उनीहरुले आइतबार रिट निवेदन दर्ता गराएका हुन् । लुम्बिनी प्रदेश सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेले रिट निवेदन दर्ता गरेका हुन् । उनीहरुले उत्प्रेषणको आदेशबाट प्रदेशसभाको कारवाही बदर होस् भन्ने आदेश माग गरेका छन् । तत्कालीन समयमा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेको थियो । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरू फेरि मन्त्री भई सरकारमा सहभागी भएका थिए । तर, पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले उनीहरुलाई कारबाही नगरेको पत्र प्रदेशसभालाई पठाएका थिए । त्यसका बाबजुद पनि उनीहरुलाई कारबाही गरी पदमुक्त गरिएको थियो । उनीहरुलाई लुम्बिनीका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ गते पदमुक्त गरेका थिए । सर्वोच्चमा आईतबारदेखि संवैधानिक व्याख्या, मौलिक हक लगायतका मुद्दाहरुको पनि सुनुवाइ र रिट दर्ता हुने भएपछि रिट निवेदन दर्ता गराएका हुन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij