दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको माग

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको माग

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । आज (सोमबार) मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआएको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन् ।

३ जेठ २०५० मा चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा मदन-आश्रित मारिएका थिए । सो घटनायता एमाले पार्टी नै पटक–पटक सरकारमा पुुगे पनि सत्यतथ्य पत्ता लगाउन सकेको छैन ।

नेता नेपाल प्रधानमन्त्री भएका बेला पनि योबारे कुनै प्रकृया अघि वढ्न सकेको थिएन । अहिले उनै पार्टीका एक नेता केपी शर्मा ओली प्रधानमन्त्ती र भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदमा आसिन छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij