स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा कोरोना महामारी अझै चुनौतीपूर्ण छ

स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा कोरोना महामारी अझै चुनौतीपूर्ण छ

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनौतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए । उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे ।

उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाए । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरे । उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए।

जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उनले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सबैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताए । मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ । आजमात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij