प्रधानमन्त्रीलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्छ ; कांग्रेस

प्रधानमन्त्रीलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्छ ; कांग्रेस

काठमाडौ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आचारसंहिता उलंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाही गर्नुपर्ने जनाएको छ।कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकपछि बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँणले यस्तो बताएका हुन्।

निर्वाचन आयोगले बागमती प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मंगलबार रातिदेखि मौन अवधि लागू गरेको अवस्थामा प्रम ओलीले बुधबार आफ्ना उम्मेदवार रामबहादुर थापा बादललाई जिताउन भन्दै अपिल निकालेका थिए।यही अपीललाई लिएर कांग्रेसले प्रधानमन्त्रीमाथि कारबाही हुनुपर्ने अडान लिएको हो। भोलि राष्ट्रियसभाको उपनिर्वाचन छ, त्यही भएर आज प्रचार गर्न पाइँदैन। आचारसंहिता उलंघन गरेर जुनखालको मत माग्ने काम भएको छ, त्यो गलत छु, खाँणले भने, त्यसको नेपाली कांग्रेस भर्त्सना गर्दछ। निर्वाचन आयोगले आचारसंहिता उलंघन गर्ने जोसुकैलाई कारबाही गर्नुपर्छ।

बागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोलि हुँदैछ। त्यसमा एमालेबाट बादल र माओवादी(कांग्रेसको समर्थनमा एमालेकै माधवकुमार नेपालनिकट डा। खिमलाल देवकोटा चुनावी मैदानमा छन्।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij