संसद् विघटनविरुद्ध सर्वोच्च जाँदै विपक्षी ५ दल

संसद् विघटनविरुद्ध सर्वोच्च जाँदै विपक्षी ५ दल

काठमाडौँ – संसद् विघटनविरुद्ध विपक्षी पाँच दलका नेताहरु आज सर्वोच्च अदालत जाँदैछन् । प्रतिनिधि सभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी दलका नेताहरु सर्वोच्च जान लागेका हुन् ।

आइतबार नै सर्वोच्च जान तयारी भएपनि सबै कागजात नमिलिसकेकाले आजमात्रै जाने निर्णय भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी प्रस्तुत गर्दा हस्ताक्षर गरेका १ सय ४९ जना सांसदमा पनि केही थपिएको विपक्षी गठबन्धनको दाबी छ । बिहान १० बजे स-शरीर उपस्थित भएर अदालत जाने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार आइतबार हस्ताक्षर संकलन र नागरिकता संकलन भइसकेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसकाविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

विपक्षी दलका सांसदहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी सांसद दुर्गा पौडेललगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भएका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij