काठमाडौं -कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर टेष्ट गर्दा ७२२० र ६०७ एन्टिजेन टेष्ट गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये १६९७ जना आईसीयूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हालसम्म संक्रमित भएका ५ लाख २० हजार ४६१ मध्ये ६५३१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्