राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्रीले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि अर्थमन्त्रीले दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ ।

संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेका कारण सरकारले अध्यादेशबाट बजेट ल्याउन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने तयारी छ । बजेट प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक हुने बताइएको छ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केहिदिन अघि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij