आज १४औं गणतन्त्र दिवस मनाइँदै

आज १४औं गणतन्त्र दिवस मनाइँदै

आज १४औं गणतन्त्र दिवस मनाइँदै छ। संविधानसभाको पहिलो बैठकले २ हजार ६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने गरिन्छ ।

तर गत वर्ष जस्तै यो वर्ष पनि कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण कुनै औपचारिक कार्यक्रमको आयोना गरिएको छैन ।

२ हजार ६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

झण्डै २ सय ४० वर्षको शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको थियो ।

२०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको हो । राजनीतिक खिचातानीका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिका १३ वर्ष सोचेजति र नागरिकले आशा गरेअनुसार उपलब्धि हासिल नभएको विश्लेषण हुँदै आएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij