काठमाण्डौँ –मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ ।अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जनकारी दिएको छ ।
भोलि देशभर बदली रही पहाडी भू(भागका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
त्यस्तै सोमबार देशभर बदली हुने तथा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानि पर्ने छ । बागमती र प्रदेशका १ का केही स्थानमा भारी वर्षा हुने महाशाखाको पुर्वानुमान छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्