बुटवल
लायन्स क्लव अफ बुटवलले कोरोना महामारीको कारण संकटमा परेका दृष्टिबिहिनलाई खाद्यान्न सहयोग गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. १३ वेलवास स्थित रुपन्देही दृष्टिबिहिन संरक्षण मञ्चमा रहेका २० जना दृष्टिबिहिनलाई खाद्यान्न प्रदान गरिएको अध्यक्ष संजय जयसवालले बताए । स्वरोजगारमुलक गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुलाई कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि साँझ बिहानको छाक टार्न समेस समस्या भएको र वडा कार्यलयमा सहयोग मागीएको तर वडा अध्यक्षले सहयोग गर्न नसकिने बताएपछी सघं सस्था संग सहयोग मागीएको मञ्चका अध्यक्ष पदम थापाले बताए । महामारीका बिचमा खान नपाएर कोही पनि मर्नु हुँदैन भनेर जति सकिन्छ खाद्यान्न सहयोग गरिएको हो । खाद्यान्न बितरण लायन्स क्लव एरिया ४ का चिफ सन्दिप कसौधनको सहभागीेता रहेको थियो । रुपन्देही दृष्टिबिहिन संरक्षण मञ्चका अध्यक्ष पदम थापालाई क्लवका अध्यक्ष जयसवालले हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्