एमाले नेताहरुकाे कारबाही राेकियाे, पार्टी एकताकाे प्रयास अन्तिमसम्म जारी राख्ने निर्णय

एमाले नेताहरुकाे कारबाही राेकियाे, पार्टी एकताकाे प्रयास अन्तिमसम्म जारी राख्ने निर्णय

काठमाडाैं -अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूमात्र उपस्थित भएको नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका निम्ति ‘अन्तिमसम्म प्रयास जारी राख्ने’ निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको बैठकले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने निर्णय भएको उनले बताए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासित गर्दै उपमहासचिव घनश्याम भुसाललगायत थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उनीहरुले स्पष्टीकरण नबुझाएपछि उनीहरुलाई पनि कारबाही गर्ने तयारी गरी केही दिनअघि नै बोलाइएको बैठक दुईपटक स्थगित गरिएको थियो । आजको बैठकमा उनीहरुमाथि कारबाही नगरी केही समय एकताकै पहल गर्ने सहमति भएको हो । यसैबीच एमालेका दोस्रो तहका नेताहरू पार्टी एकताका लागि आपसी छलफलमा पनि जुटेका छन् । उनीहरुले गएराति झण्डै चार घण्टासम्म काठमाडौंको एउटा पाँचतारे होटलमा छलफल गरेका थिए ।

यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उप-निर्वाचनमा हार व्यहोर्नुपरेको विषयमा पनि समीक्षा गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij