काठमाडौं । आज देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
हाल पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेकाले आज बिहान प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा भने चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, राति पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्