हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो : घनश्याम भुसाल

हाम्राविरुद्ध फेरि अनर्गल प्रचार शुरू भयो : घनश्याम भुसाल

काठमाडौं । विपक्षी एमाले नेता घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन् । आफूहरु माधवकुमार नेपाल—झलनाथ खनाल समूहलाई छाडेर केपी शर्मा ओली समूहतिर लाग्न खोजेको भनी अनर्गल प्रचार गरिएको बताएका हुन् ।

फेसबूकमार्फत स्पष्टीकरण दिँदै नेता भुसालले एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् । ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ,’ नेता भुसालले भने— ‘हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने भन्दै एकताको आह्वान गरेपछि योगेशकुमार भट्टराईबाहेकका नेताहरुले आफ्नो समूह (विपक्षी एमाले) लाई फुटाउन खोजिएको रुपमा बुझेका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij