देउवाले भने- भदौमै महाधिवेशन हुन्छ, भ्रममा नपर्नुस्

देउवाले भने- भदौमै महाधिवेशन हुन्छ, भ्रममा नपर्नुस्

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार (आज) विज्ञप्ति जारी गर्दै सभापति देउवाले महाधिवेशन भदौमै हुने बताएक हुन् । देउवाले भनेका छन्— ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

आफू महाधिवेशन गर्न पूर्ण प्रतिबद्ध भएको प्रण गर्दै सभापति देउवाले अन्य नेता/कार्यकर्ताहरुलई भ्रममा नपर्न आग्रहसमेत गरेका छन् । ‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो,’ सभापति देउवाले भनेका छन् ।

 

प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij