महाधिवेशनबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

महाधिवेशनबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठक आज बुढानीलकण्ठमा बस्दैछ । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालिका प्रभावित हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ । तर अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिका अनुसार महाधिवेशन गर्न कठिन देखिएको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij