काठमाडौं – नेपाली काँग्रेसले निजामती कर्मचारीको लागि दिइएको पर्यटन काज सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ । नेपाली काँग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि उक्त सुविधा दिएको भए पनि शिक्षक र पदाधिकारीको विषयमा बजेट नबोलेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
‘अध्यादेश मार्फत् ल्याइएको आर्थिक वर्ष २०७८र७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ’ विज्ञप्तिमा भनिएको छ ‘निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ ।’
विभागले यो विभेदलाई सच्याउँदै भविष्यमा यस्तो विभेदकारी स्थिति सिर्जना नगर्न पनि सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्