काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १४१ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा थप २ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा कोरोना संक्रमणका कारण ३९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।
प्रकाशित मिति : बिहिबार, असार ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्