राष्ट्रपति कार्यालयद्वारा प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ सर्वोच्चमा पेस

राष्ट्रपति कार्यालयद्वारा प्रतिनिधिसभा विघटन गर्नुको लिखित जवाफ सर्वोच्चमा पेस

काठमाडौं – राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्चले माग गरेको लिखित जवाफ पेश गरेको छ । संवैधानिक इजलासले लिखित जवाफ माग गरेको समयभित्रै राष्ट्रपति कार्यालयले महान्यायाधिवक्तामार्फत बिहीबार अदालतलाई जवाफ पठाएको हो ।

राष्ट्रपतिको कार्यालयद्वारा पेश गरिएको जवाफमा प्रधानमन्त्रीको लागि दाबी गर्ने दुवै शेरबहादुर देउवा र केपी शर्मा ओली पक्षका सांसदहरु दोहोरिएको, दलको निर्णय विपरित रहेको उल्लेख गरिएको छ । दुवै दाबी राजनीतिक दलको मान्यता एवम् दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको अवस्थामा दुवै दाबीकर्ताको दाबी नपुग्ने गरी राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको पत्रमा भनिएको छ ।

त्यस्तै, केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैजनाले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त नगरिएको उल्लेख छ ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij