काठमाण्डाै – सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।
अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन दिएको छ ।

प्रकाशित मिति : आइतबार, असार ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्