काठमाडौं । इटाली समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे । खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् ।
यस्तै आइतबार राति नै भएको अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई ३–१ ले पराजित गरेको छ । बाकुमा भएको खेलमा समूह ए को खेलमा जेर्दान शाकिरीले दुई गोल गरेपछि स्विट्जरल्यान्डले युरोकप २०२० मा पहिलो जित हात पारेको हो ।
स्विट्जरल्याण्डका लागि जेर्दान शाकिरीले २६औँ र ६८औँ मिनेटमा गोल गरे भने हरपस सेफेरोभिकले छैटौं मिनेटमा गोल गरे । टर्कीका लागि इर्फान काहभेचीले ६२औँ मिनेटमा गोल गरे ।
जितपछि स्विट्जरल्यान्डले वेल्स समान ४ अंक जोडे पनि गोल अन्तरमा वेल्स अघि रह्यो । वेल्स आइतबारै भएको खेलमन इटलीसँग १-० ले पराजित भए पनि समूह उपविजेता बन्यो ।
प्रकाशित मिति : सोमबार, असार ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्