मनसुन थप सक्रिय : उपत्यकालगायत धेरै ठाउँमा वर्षा, भोलिदेखि भारी वर्षाको सम्भावना

मनसुन थप सक्रिय : उपत्यकालगायत धेरै ठाउँमा वर्षा, भोलिदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै यतिबेला काठमाडौं उपत्यका लगायत मुलुकका धेरै ठाउँमा वर्षा भइरहेको छ । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । मनसुन भित्रिएको १ साता केही सामान्य बनेको मनसुन सोमबारदेखि भने थप सक्रिए बनेको छ ।

मनसुनी वायुको प्रभावले अहिले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान विशेष बुलेटिन निकाल्दै बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्युन चापिय रेखा नेपालको तराई नजिक रहँदै मनसुन सक्रिय हुने भएकाले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij