निर्वाचन आयोगले जसपाका नेतासँग सहमतिका लागि अन्तिम प्रयास गर्दै

निर्वाचन आयोगले जसपाका नेतासँग सहमतिका लागि अन्तिम प्रयास गर्दै

फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सहमतिको अन्तिम प्रयासका लागि बोलाएको छ । आयोगले आज सहमतिको अन्तिम प्रयास स्वरुप जसपाका दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज बिहान ११ बजे बोलाएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलका लागि आज बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । छलफलमा ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जाने छन् ।

त्यस्तै यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको छ। जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ ।

प्रकाशित मिति : मंगलबार, असार २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij