९ हजार २१८ को परीक्षण गर्दा १ हजार ८३१ मा कोरोना पुष्टि

९ हजार २१८ को परीक्षण गर्दा १ हजार ८३१ मा कोरोना पुष्टि

काठमाण्डौँ ।

आइतबार देशभर १ हजार ८ सय ३१ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ९ हजार २१८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ५ हजार ५३५ नमुना परीक्षण गर्दा १ हजार २३७ जनामा पोजेटिभ देखिएको हो भने एन्टिजेन विधिबाट ३ हजार ६८३ जनाको परीक्षण गर्दा ५९४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

थपिएकासहित देशभर २६ हजार १७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १७५ जना भेन्टिलेटरको सहायतामा छन्।

पिसिआर परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा पोजेटिभ देखिने गरेको तथ्यांक छ। तसर्थ कोरोनाको जोखिम रहेको जनाउँदै मन्त्रालयले स्वास्थ्यसम्वन्धी सम्पूर्ण मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।

त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ५३३ जना कोरोनाबाट निको भएका छन्।पछिल्लो २४ घण्टामा मृतक २० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : आइतबार, असार २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij