देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश

देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले  प्रतिनिधि सभा विघटनलाई बदर गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै देउवालाई यहि असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश  जारी गरेको हो ।

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४६ सांसदलगायतले प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै गत जेठ १० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसद र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवनिकट सांसद र राष्ट्रिय जनमोर्चाका सांसदसहित १ सय ४६ सांसदले परमादेशबाट देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij