चौबीस घण्टामा २ हजार ३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

चौबीस घण्टामा २ हजार ३७० संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं -नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार १३३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ६८९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६९० र ३ हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जना गरी जम्मा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ रहेको छ ।

हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख २१ हजार २७ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा २ ९९ र आइसोलेसनमा २६ हजार ७१२ जना रहेका छन् ।

नेपालमा हालसम्म ६ लाख ५७ हजार १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : सोमबार, असार २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij