कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको खोप खरिद कार्य अगाडि बढाउन निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंह लगायतलाई बोलाएर प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।

‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल मार्फत निर्देशन दिएको कुरा सार्वजनिक गर्दै भनेका छन्।

यस्तै प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित मिति : आइतबार, साउन ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij