नयाँ स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

नयाँ स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं – कोरोना रोकथाम तथा नियन्त्रणका लागि योग्य, क्षमतावान, सत्यनिष्ठा र इमान्दार छवी भएको स्वास्थ्य मन्त्री नियुक्त गर्न प्रधानमन्त्रीलाई विज्ञले सुझाव दिएका छन् ।

कोरोना रोकथामका लागि पूर्वतयारी गर्न भन्दै आठ विज्ञले प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव पत्र बुझाएका हुन् ।

स्वास्थ्यकर्मीको उचित तालिमसहितको उच्च स्तरको सचेतना र तयारीको अभ्यास गर्दै आवश्यक औषधी तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा‚ शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न पनि माग गरेका छन् ।

महिला स्वास्थ्य स्वयं सेविका तथा अन्य वडा स्तरका स्वास्थयकर्मीका साथै स्थानीय समुदायको सक्रियतामा कोभिड-१९ को निगरानी सुदृढ गरिनुपर्ने पनि माग राखेका छन् ।

अक्सिजनको अभाव नै मृत्युको प्रमुख कारण भएको भन्दै अक्सिजन उत्पादन र आपुर्तिमा क्षमता बढाउँदै शहरका प्रत्येक वडा र गाउँपालिकामा कोभिडका बिरामीहरुलाई सहयोग पुर्‍याउन अक्सिजन बैंक हुनु आवश्यक रहेको उनीहरूले जनाएका छन् ।

सुझावपत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा.राजेन्द्र बिसी, डा. तीर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह र नारायण सुवेदीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : बुधबार, साउन ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij