काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीस घण्टामा देशभरबाट कुल १२ हजार ६ सय १६ जनाको परीक्षण भएको छ । जसमा ८ हजार ७१५ जनाको पीसीआर परीक्षण गर्दा १९१८ जनामा र, एन्टिजेन विधिबाट ३ हजार ९०१ परीक्षण गर्दा ९२० जना गरि कुल २ हजार ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ ।
त्यस्तै चौबीस घण्टामा १ हजार ४७५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै देशभर संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।
भने सोही अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६३७ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, साउन ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्