JanataToday.com

Advertisment

SKIP THIS

भारतीय सिमा कडाई गर्न बुटवल उद्योग बाणिज्य संघको माग

भारतीय सिमा कडाई गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल – नेपालका सिमावर्ती बजारलाई भारतीय सिमावर्ती बजारले अत्यधिक प्रभाव पारेको भन्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले सिमानाका कडाई गर्नेगरी नीतिगत व्यबस्था मिलाउन माग गरेको छ । कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय सिमानाका बन्द हुँदा स्थानीय उद्योग व्यबसायमा सकारात्म प्रभाव परेको देखिएकोले सरकारले सिमानाका कडाई गर्ने नीति लिए त्यसले नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

भैरहवा आउनु भएका बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक प्रकाश पौडेललाई बिहीबार साँझ ज्ञापन पत्र बुझाउँदै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विभागबाट हुनसक्ने विभागबाटै गरिदिन र नहुने कुराहरु मन्त्रालयमा पहल गरिदिन आग्रह गर्नुभएको हो ।

ज्ञापन पत्र बुझ्दै महानिर्देशक पौडेलले कतिपय कुराहरु फाईल तयार भएर पनि विभागीय मन्त्री नहुँदा मन्त्रालयमा फाईल लैजान नपाएको बताउनु भयो । विभागबाट हुने कुराहरु विभागले मिलाउने र दुई तिनवटा कार्यालयबाट हुने कुरालाई एकद्वारबाट हुनेगरी तयारी भएको जानकारी गराउनु भयो । उहाँले एक्जिम कोड एकद्वारबाट गर्न वाणिज्य कार्यालय मार्फत हुनेगरी तयारी भएको बताउनु भयो ।

संघले बुझाएको ज्ञापन पत्रमा निकासी पैठारी प्रयोजनका लागि व्यबसायीले लिने आयात निर्यात संकेत नं. (एक्जिम कोड)को धरौटी लगायत नविकरण गर्ने प्रावधान तथा प्रकृयालाई सरलिकरण गर्न र बैंक सेवा शुल्क न्युनतम गर्न, एक करोड भन्दा बढी पूजीं भएका ब्यावसायीक फर्मको दर्ता तथा नबिकरण बिभागबाट हुँदै आएकोमा स्थानीय बाणिज्य कार्यालयबाट व्यबस्था मिलाउन, साना व्यवसायीहरुको आवश्कयता अनुसार सहज रुपमा सुनचाँदी आपुर्तिको व्यवस्थाका साथै व्यवसायीले ग्राहक तथा सर्वसाधारणबाट खरिद गर्ने सुनचाँदीमा अव्यवहारिक प्रशासनिक झन्झटहरुलाई सहजीकरण गर्न आग्रह गरिएको छ ।

त्यस्तै उद्योग व्यवसाय फर्म दर्ता तथा बन्द गर्दा जिल्ला÷नगर उद्योग वाणिज्य संघहरुको सिफारिसमा मात्र आयकर र मुल्यअभिबृद्ध कर (भ्याट) खारेज गर्ने नीतिगत व्यवस्था मिलाउन, बैंकिंङ् ङ्गकारोवार प्रयोजनको लागि धितो स्वरुप हुने रजिष्ट्रेशन शुल्क न्यूनत्तम कायम गरी पूजींको आधारमा हुने व्यवस्था मिलाउन तथा साफ्टा सुविधा अन्तर्गत दक्षिणएशियाली देशबाट सामान पैठारी गर्दा एल.सी.लाई बाध्यकारी नगरी बैंक माध्यम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलायन आग्रह गरिएको छ ।

बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवालाई बोधार्थ लिईएको ज्ञापन पत्रमा व्यवसायिक र औद्योगिक प्रयोजनको लागि प्रयोग हुने सामानहरु ल्याव टेष्टको कारणले भन्सारमा रहँदाको डिमान्ड चार्ज भुक्तानी गर्दा लागत बढ्नसंगै मुल्यपनि बढ्ने भएकोले स्थानीय स्तरमै ल्याव टेष्टको व्यबस्था मिलाउन, कोरोना भाईरस महामारीबाट प्रभावित साना व्यबसायलाई सरलीकृत रुपमा सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यबस्था मिलाउन र अनौपचारिक क्षेत्रमा रहेका सानाव्यवसायलाई समेत दर्ता प्रक्रियामा ल्याई राहतमा समाबेश गर्न आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदा संघका अध्यक्ष कसजू सहित निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, सचिव मुक्ति अधिकारी, कार्यसमित सदस्यहरु बसन्तप्रसाद ढकाल, कृष्ण श्रेष्ठ, दीपक चापागाई, संघका कार्यकारी निर्देशक मदनकुमार कार्की सहितको सहभागिता थियो ।

 

प्रकाशित मिति : शुक्रबार, साउन ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij