काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास (बूढानिलकण्ठ)मा बस्न लागेको हो ।
बैठक पार्टीको १४ औं महाधिवेशनको तयारीमा केन्द्रित हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भदौमा महाधिवेशन गर्ने भनिए पनि अहिलेसम्म क्रियाशिल सदस्यता विवाद छानबिन कार्यदलले आफ्नो निवेदन प्रस्तुत गरेको छैन । कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने तयारी छ ।
यसअघि १२ साउनमा गर्ने भनिएको वडा अधिवेशन स्थगित भएको छ । आजको पदाधिकारी बैठकमा स्थगित वडा अधिवेशनको नयाँ मिति सार्वजनिक गर्न सकिने अनुमान गरिएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले बूढानिलकण्ठमा बैठक राखिएको हो ।
प्रकाशित मिति : मंगलबार, साउन १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्