माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं -नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रले जनाएको छ । ‘अर्को सूचना नभएसम्मका लागि आजको बैठक स्थगित गरिएको छ,’ माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडाका मुख्य सचिव श्रीराम ढकालले भने ।

आजको बैठकबाट सरकारमा जाने मन्त्रीहरु टुंगो लगाउने माओवादीको तयारी थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । थप केही मन्त्रालय माओवादीले पाउने छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि माओवादीले निर्णय गर्न सकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा यही साउन ९ गते पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा दबाबमा परेको बताएका थिए ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij