स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सुविधा नलिने घोषणा

काठमाडाैं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका छन् ।

उनले पदमा बहाल रहँदा स्वार्थ बाझिने उल्लेख गर्दै व्यापार-व्यवसायमा आफू संलग्न नहुने प्रतिवद्धतासमेत व्यक्त गरे । राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गरेका हुन् ।

नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उनले चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताएका हुन् ।

कार्य योजनामा खोप खरिद, त्यसको व्यवस्थापन र वितरण प्रणालीमा अभिलम्ब सुधार गरी निर्धारित समयभित्रै सबै नागरिकलाई खोप लगाउने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

उनले दोस्रो डोज खोपको पर्खाईमा रहेका ज्येष्ठ नागरिकलाई अभिलम्ब खोपको व्यवस्था गर्ने पनि बताउनु भयो । त्यसका लागि आफूले खोपको व्यवस्थापन हुने गरी खोप कूटनीतिलाई उच्च प्राथमिकता दिएको पनि राज्यमन्त्री श्रेष्ठले स्पष्ट पारे ।

कार्य योजनामा कोभिड १९ को तेस्रो लहरको सामना गर्नका लागि समय तालिकासहितको विशेष रणनीति र कार्ययोजना अभिलम्ब सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

राज्यमन्त्री श्रेष्ठले कोभिड १९ को तेस्रो लहर आउन नदिन जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि सबै नेपालीलाई आह्वान गरेका छन् ।

उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नका लागि स्थानीय सरकारसँग समन्वय गरी आगामी श्रावण २३ गते देखि २९ गतेसम्म ‘नेपाल मास्क सप्ताह’ आयोजना गरी आम नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने जानकारी पनि दिए ।

उनले कोभिड-१९ नियन्त्रण र रोकथामका लागि गरिएको कामलाई चुस्त र प्रभावकारी बनाउन विज्ञहरुको समूह गठन गर्ने योजना पनि अघि सारेका छन् ।

राज्यमन्त्री श्रेष्ठले अघि सार्नु भएको २३ बूँदे कार्य योजनामा कोभिड संक्रमितहरुको उपचारका लागि आवश्यक अस्पताल र उपकरणहरुको तत्काल व्यवस्था गर्ने पनि समावेश गरिएको छ ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij